मुखियाबा यो के हो ? जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको चरम लापारवाहीका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने सवारी साधानले यसरी यात्रु बोक्दा समेट ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् । रौतहटबाट ट्राफिक प्रहरी हरायको जस्तै अनुभव भईरहेको छ । मुखियाबा यो के हो ? जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको चरम लापारवाहीका कारण चन्द्रनिगाहपुर गौर रोडमा चल्ने सवारी साधानले यसरी यात्रु बोक्दा समेट ट्राफिक प्रहरीको ध्यान जान सकेको छैन् । रौतहटबाट ट्राफिक प्रहरी हरायको जस्तै अनुभव भईरहेको छ ।
  • सशस्त्र प्रहरीद्धारा अबैध समान बरामद

    रौतहट १४ जेठ । सशस्त्र प्रहरीको सिमा सुरक्षावलको कार्यालयले अबैध रुपमा भन्सार छलेर ल्याएको समान बरामद गरेर जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । सिमा सुरक्षा वलको कार्यालयबाट खटीगएको टोलीले जिल्ला रौतहट गौर न. पा. ४ माहादेव पट्टी मा गाडीको कवाड रेडीवाटर ४५० केजी बराबरको समान बरामद गरेको हो । बरामद गरेको समानको मुल्य एकलाख पैतिस हजार बराबरको रहेको छ । सोही टोलीले जिल्लाको ...

  • दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    दिपेश पौडेल, रौतहट १४ जेठ । गौर चन्द्रनिगाहपुर सडक खण्डको सरुअठा बम नहरमा बिहान भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने दुई घाइते भएका छन । काठमाण्डौबाट गौर तर्फ आउदै गरेका बा.२ ख. १५० नम्वरको कन्टेनर ट्रकले ना.२१ प. ५३५१ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी रौतहटको राजपुर तुलसी गाविस ६ का ...

  • काँचा लाथ्रा काट्दा समेत वनले वास्ता गरेन्

    रौतटह १३ जेठ । जिल्ला वन कार्यालय रौतहटले गस्ति नगरेका कारण जिल्लाको बिभिन्न वन क्षेत्रबाट दाउराको नाममा काचाँ लाथ्रा काटिने क्रम रोकिन सकेको छैन् । काँचा सालका लाथ्रा काटनाले जिल्लाको घना वननै संकटमा पर्ने बिज्ञहरुले बताई रहेका बेला दाउरा भन्दै काँचा सालका लाथ्रा काटेर जिल्लाका बिभिन्न बजार बिक्रि बितरण भईरहेको छ । साईकलमा काँचा सालका लाथ्रा काटेर लानेहरुसंग जिल्ला वन कार्यालय ...

  • राष्ट्रिय सहमतिको सरकार आवश्यक छैन : विजुक्छे

    भक्तपुर १० जेठ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले देशमा विपत्ति परेको समयमा राष्ट्रिय सहमतिको सरकार आवश्यक नभएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आइतबार झक्तपरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार परिवर्तन गर्न लाग्दा राहत वितरण, पुनःनिर्माण र पुनःस्थापना कार्य अलपत्र पर्ने भएकाले सरकार परिवर्तन आवश्यक नभएको बताउनुभएको हो ।

  • भ्रष्टाचार नियन्त्रण समिति गठन

    गौर ८ जेठ । जिल्लामा सक्रिय राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ सस्था संगठनको प्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ । बैठकबाट नेकपा एमालेका पुर्व सभासद अब्दुल कलम आजदको अध्यक्षतामा ३१ सदस्यीय भ्रष्टाचार नियन्त्रण संघर्स समिति गठन गरिएको छ । समितिको सह संयोजकमा उपेन्द्र साह, सचिवमा योगेन्द्र यादव, प्रवक्तामा चिरंन्जीवि ...

  • आज महाँ भुकम्पको एक महिना

    दिपेश पौडेल आज जेठ १२ गते । ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको एक महिना पुगेको छ । एक महिना अघि शनिबार बिहान ११ बजेर ५६ मिनेटमा आएको त्यो ठूलो भूकम्पले नेपालमा धरै क्षति गरेको छ । भोलिपल्ट १३ गते गएको ६ दशमलब ९ र बैशाख २९ गते गएको ६ दशमलब ८ रेक्टर स्केलको भुईचालोले जनधनको क्षति मात्र गरेन, सबैभन्दा बढी मान्छेको मनलाई हल्लाएको छ ।एक महिनाको अवधिमा आएका भूकम्पका परकम्पहरुले समेत जनधनको ठूलो नोक्सानी गरेका छन् । मध्य ...

  • राजमार्ग छेउमै काँचा रुख काटिए

    अशोक पहाडी रौतटह ११ जेठ । जिल्लाको जुडिबेला ईलाका वन कार्यालय अन्र्तगतको वनबाट तस्करहरुले २० वटा काँचा सालका रुख काटर लगेको छन् । सो रेन्जपोष्टका कर्मचारीकै मिलेमतोमा तस्करहरुले काँचा सालका रुख काटेर लगेको स्थानीय बासिन्दाले बताएका छन् । पुर्ब पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डको करिब ५० मिटर भित्रबाट सालका रुख काटेर लादा समेत कर्मचारीले ठुटामा भने वन कर्मचारीले नम्बरीङ ...


  • क्षेतिपुर्याउने ज्योती र बाबा , राहत दिने सरकार

    अशोक पहाडी रौतहट, १४ जेठ नीजि स्वामित्वमा रहेका तिनओटा उद्योगबाट निस्केको दुषीत पानीका कारण क्षेती व्यहोरेका किसानहरुलाई सरकारले राहत उपलव्ध गराएको छ । रौतहट जिल्लाको मध्य भागमा अवस्थित नीजि उद्योगहरु श्रीराम सुगर मिल्स(प्रा.लि) गरुडाको डिष्टीलरी, ज्योती डिष्टीलरी(प्रा.लि) पिप्रा पोखरीया र बाबा डिष्टीलरी(प्रा.लि) विर्ताले पोखरीमा भण्डारण गरेर राखेको दूषित पानी (स्पेण्ड वाश) स्थानीय झाँझ नदीमा मिसाएका कारण यहाँका २७ सय ...

  • जिल्ला विकासको भ्रष्टाचार बिरुद्ध दल

    प्रेमचन्द्र झा गौर ८ जेठ । जिल्ला विकास समिति रौतहटमा भएको दलिय भागवण्डाको विरुद्धमा संघर्ष समिति बनाउने निर्णय भएको छ । गत बुधवार गौरमा भएको सर्वदलित बैठकले सो निर्णय गरेका हुन । दलिय भागवण्डाका विरुद्धमा कांग्रेस, एमाले, एमाओवादी सदभावना, फोरम, माले, राप्रपा नेपाल लगायतका नेताहरु लागेका छन । जिल्ला विकास समितिमा ...

  • उपचार पद्धति पनि हो यौन

    यौन जीवनको प्रेम व्यक्त गर्ने तरिका, प्राकृतिक आवश्यकता मात्रै होइन, यो उपचारको पद्धति पनि हो । यौनमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । केही समयअघि ब्रिटिस अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइएको थियो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो ।...

  • सम्बन्ध विच्छेदले हृदयघातको जोखिम

    लण्डन सम्बन्ध विच्छेद भएका मानिसहरुमा हृदयघातको सम्भावना विवाह सम्बन्धमा रहेका मानिसमा भन्दा बढी हुने देखिएको छ। १५ हजार ८ सय २७ मानिमा गरिएको सर्वेक्षणले यस्तो नतिजा पत्ता देखाएको हो। सम्बन्ध विच्छेदले महिलाहरुमा ज्यादा असर पर्ने गरेको अनुसन्धानले देखाएको छ । अमेरिकी अनुसन्धानकर्ताले पुनः विवाह गर्नेको तुलनामा सम्बन्ध विच्देदकै अवस्थामा रहने महिलाहरुमा ज्यादा असर पर्ने पनि पत्ता लगाएका छन्। विज्ञान पत्रिका सर्कुलेशनमा छापिएको उक्त खोज प्रतिवेदनअनुसार ...

  • जनताले विश्वास गरेका छन्

    बरिष्ठ नेता माधवकुमार नेपाल
    पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ र काठमाण्डौ २ बाट संबिधान सभा निर्वाचनमा उम्मेदवार हुनु भएको छ । चुनावको मिति अब १० दिन पनि बाँकी छैन ।

  • कथा - प्रेमको बाटो

    सन्तोष खतिवडा,
    उमेर त खासै भएको छैन तर उसको शारीरिक बनावटले उमेर भएकै लाग्दछ । निख्खर कालो हैन, हिस्सी परेको कालो भएपनि गालामा भएका अनगिन्ती दागहरुले अनुहार कालो नै लाग्दछ ।

  • जङ्गे र नाङ्गे

    चट्याङ मास्टर,
    जङ्गे गयो, नाङ्गे आए एकको ठाउमा सैयौं आए । कता त्यो जङ्गे कता यी नाङ्गे कता त्यो ढङ्ग कता यी बेढङ्गे जङ्गे गथ्र्यो शासन गर्दैनथ्यो भाषण नाङ्गेले गरे भाषण सकेनन् गर्न शासन । ...

  • गजलकार बुँद रानाको प्रस्तुति

    रौतहट,
    साहित्य सञ्जाल रौतहटको संयोजनमा प्रत्येक महिना गरिंदै आएको साहित्यिक कार्यक्रम अन्तरगत भदौ महिनाको कार्यक्रम चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ ।

  • उपभोक्ता समिति माथि उल्टीय स्थानीय

    चन्द्रनिगाहपुर ५ जेठ । चन्द्रपुर नगरपालिकाले ११ नम्बर वडामा उपभोक्ता समिति मार्फत काम गराउदा भएको अनियमितताका बारेमा रौतहट न्युज डटकमले समाचार प्रकाशन गरेपछि खलबली मच्एिको छ । ११ नम्बर वडाको कटानी देखी मुस्लीम टोल हुदै चौकी टोल सम्म ग्रेवल गर्नुपर्नेमा उपभोक्ता समितिले चौकी टोलमा ग्रेवलनै नगरी रकम हिनामिना गरेको बिषयमा समाचार प्रकाशन गरेपछि स्थानीय बासिन्दाले उपभोक्ता ...

    समितिका पदाधिकारीलाई घेराउ गरेका थिए । स्थानीय बासिन्दाको दवाब पछि उपभोक्ता समितिले बचेको चारलाख रुपैयाले चौकी टोलमा तत्काल ग्रेवल गर्ने सहमती गरेको हो । मंगलबार भएको सर्बदलिय भेलामा उपभोक्ता समितिले आफुहरुबाट गल्ति भएको र तत्काल काम थाल्ने सहमती गरेको स्थानीय बासिन्दाले बताए । चन्द्रपुर नगरपालिको योजना फाँटका कर्मचारी र उपभोक्ता समितिका अध्यक्ष शिब प्रसाद शिवाकोटी , सचिव लक्ष्मी साह ,अनुगमन समितिका लिला चापागाँई ,दिपलाल फनैत ,बिष्णु उप्रती ,अधिकलाल चौधरीले रकम हिनामिना गर्ने तयारी गरेका थिए । नगरपालिकाका कर्मचारीकै मिलेमतोमा बिभिन्न स्थानमा ग्रेवल गर्ने बाहानामा स्थानीयको आँखामा छारो हालेर अनियमितता गर्ने गरेका छन् ।
  • दर्लामीको स्मृतिमा श्रद्धाञ्जली सभा

    दर्लामीको स्मृतिमा ट्रस्ट स्थापना गर्ने जिल्ला फुटबल संघको तयारीरौतहट, ९ पुस । रौतहटको चन्द्रपुरका महिला फुटबल प्रशिक्षक शेरबहादुर दर्लामीको १३ औं दिनको पुण्य तिथिको अवसरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । हातेमालो खेल मैदानमा सम्पन्न श्रद्धाञ्जली सभा रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

  • मरणोपरान्त दर्लामीलाई सम्मान

    रौतहट, ७ पुस । रौतहट जिल्ला फुटबल संघका संस्थापक अध्यक्ष एवम् फुटवलका प्रशिक्षक स्वर्गीय शेरबहादुर दर्लामीलाई मरणोपरान्त सम्मान गरिएको छ । शसस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयाले विशेष कार्यक्रमका बीच महिला फुटवललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पुयाउन गर्नुभएको योगदानको उच्च कदर गर्दै दर्लामीलाई सम्मान गरिको हो । मरणोपरान्त शसस्त्र प्रहरी रुद्र वाहिनीका डिआईजी शैलेन्द्र खनालले नगद १६ हजार सहित सम्मान गरिएको शसस्त्र प्रहरी नायब उपरीक्षक प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

  • माउन्ट एभरेस्टलाई उपाधि

    रौतहट, १ पुस । रौतहटको चन्द्रनिगाहपुरमा जारी बिद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा माउन्ट एभरेस्ट आवासीय माविले उपाधि जितेको छ । माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालय श्रीपुरबीच भएको फाइनल खेलमा माउन्ट एभरेस्ट ५ विकेटले बिजयी भएको हो । प्रतियोगिताका विजयी टिमलाई नगद ११ हजार र कप तथा द्वितीय हुने टिमलाई ३५ सय नगद तथा कप प्रदान गरिएको थियो ।

  • भरपुर मनोरन्जन लिए चपुरबासीले

    चपुरमा राष्ट्रिय कलाकार ....... रौतहट १५ असोज । चपुर युवा समूहले आयोजना गरेको खुल्ला सांस्कृतिक कार्यक्रमले हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ । ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा हजारौ दर्शकले मनोरन्जन लिएका थिए । कार्यक्रममा बादल प्रसाई, शिव परियार, कमल खत्री, कमल क्षेत्री, शशी रावल लगायतका कलाकारहरुले दर्शकलाई ...

    नचाएका थिए । मनोरन्जनात्मक कार्यक्रम अघि भएको प्रथम सत्रमा प्रमुख अतिथि सभासद रामकुमार भट्टराई रहनु भएको थियो । कार्यक्रममा सामुदायिक सेवा समितिका अध्यक्ष सुबोल काफ्ले, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य प्रमोद चौधरी, किरण रेग्मी, शान्ति राजभण्डारी, गंगा लामा, प्रहरी निरीक्षक प्रकाश श्रीमल लगायतको आतिथ्य रहेको थियो । आयोजक संस्थाका अध्यक्ष रवि राना मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
  • पतिकै अगाडि सन्नीलाई चुम्बन

    जब फेशन डिजाइनर रोहित वर्माले नायिका सन्नी लियोनीलाई चुम्बन गरे, त्यतिबेला उनी होसमा सायदै थिए होलान् । किनकी, उनको चुम्बनले नायिका सन्नी लियोनीलाई पनि अप्ठ्यारो महशुश भयो ।
  • दीपिकाको सफलतामा करिनाको डाहा

    बलिउडमा नायिकाहरु अर्काको सफलतामा डाहा गर्छन् । बाहिर हेर्दा नायिकाहरु बिच सम्बन्ध सुमधुर जस्तो देखितापनि भित्री रुपमा भने सोचेजस्तो हुन्न । यतिबेला नायिका करिना कपुर र दीपिका पादुकोण्ँविच शितयुद्ध चलिरहेको छ ।
  • अप्रिल फूलमा रण्ँवीर-कट्रिनाको बिहे

    बलिउडका हट जोडी रण्ँवीर कपुर र कट्रिना कैफको बिहेको चर्चा बेलाबेला हुने गर्छ । तर, सधैजसो यो जोडीले सम्बन्धका तमाम चर्चाबारे बिनाटिप्पणी टारिदिने गरेका छन् ।
  • भीमसेन मन्दिर शिलान्यास

    रौतहट, ८ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ पौराईको माथिल्लो टोलमा भिमसेन मन्दिरको शिलान्यास गरिएको छ । स्थानीय वासिन्दाको आर्थिक तथा जनसहभागितामा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यास समाजसेवी अमित श्रेष्ठ र श्रीराम न्यौपानेले संयुक्त रुपमा गर्नुभएको थियो ।

    नेवारहरुको कुल देवता मानिने भिमसेनको मन्दिर निर्माणमा सबैले उचित सहयोग गरिरहेको सो मन्दिर निर्माण समितिका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले मन्दिर आगामि दशैसम्म निर्माण गरिसक्ने लक्ष्य रहेको र निर्माणको लागि करिब ५ लाख खर्च लाग्ने बताउनुभयो ।
  • बाघको अनुसन्धान सुरु

    बिनोद प्याकुरेल, बारा, साउन २४ गते । जिल्ला वन कार्यालय, बाराको सहयोगमा स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्र नेपाल (चेक नेपाल) ले बाघको संभाब्य बास स्थानको पहिचान र विश्लेषणात्मक अनुसन्धान तथा बाघ चोरी शिकारी सम्भाब्य नाकाहरुको अनुसन्धान हालसालै बारा जिल्लामा सम्पन्न गरेको छ ।
  • नुनथरमा बोलबमको भिड

    रौतहट ७ साउन । जिल्लाको पौराई गाबिसमा रहेको धार्मिक पर्यटकिय स्थल नुनथर यतीबला बोलबमकाले भरी भराउ हुने गरेको छ ।
  • छानीछानी स्मार्टफोन

    काठमाडौं, (एजेन्सीहरु)- प्रविधिमा रमाउनेहरुका लागि अत्याधुनिक फोन बोक्ने रहर अब नौलो रहेन। बरु महिनैपिच्छे बजारमा आउने अत्याधुनिक स्मार्टफोन मध्ये कुन छान्ने उपभोक्तालाई गाह्रो परिरहेको हुन्छ। टेकराडार वेवसाइटले दस स्मार्टफोनका मोडललाई अहिलेको उत्कृष्ट दस स्मार्टफोन भनी वर्गीकरण गरेको छ। दसौं स्थानमा सामसङ ग्यालेक्सी एस फोर, नवौं स्थानमा मोटोरोलाको मोटो जी, आठौं स्थानमा एचटिसी वन, सातौ स्थानमा आइफोन फाइभ एस र छैठौं स्थानमा सोनीको एक्सपेरिया जेड वन कम्प्याक्ट छ।

  • फेसबुकले गर्‍यो प्रयोगकर्ताको गोप्य परीक्षण

    लन्डन, शक्तिशाली सामाजिक सञ्जाल फेसबुकले आफ्ना सात लाख प्रयोगकर्तामाथि बिना जानकारी गरेको मनोवैज्ञानिक परीक्षणको व्यापक आलोचना भएको छ ।

  • छोरासँग सम्बन्ध राख्दा आमा गर्भवती

    काठमाडौं । भनिन्छ प्रेम अन्धो हुन्छ । तर, यो घटना हेर्दा ठ्याक्कै शब्दमा भनिएका अक्षरको भाव मिल्छ । मिररका अनुसार, अमेरिकाको जर्जियाकी लीसा क्लार्क (३५) को जीवन दुःखमा थियो । उनको १५ वर्षको छोरा पनि छ । उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी महिला हुन् । त्यही बेला उनको आफ्नो छोराको साथीसँग भेट भयो । छोराको साथीसँग लीसाको विस्तारै विस्तारै प्रेम बस्न थाल्यो नजिक हुन थाले । ती युवकले लीसालाई आफ्नो उमेर १७ वर्ष भएको बताएका थिए । तर पछि लीसालाई थाहा भयो की अहिले पनि ती युवकको उमेर १४ वर्ष मात्रै रहेछ ।...

  • सेल्फी खिच्दा सुन्दरीको ज्यानै गयो

    काठमाडौं । विश्वमा नयाँ नयाँ प्रविधिहरु पत्ता लगिरहेका छन् । ति प्रविधिको प्रयोग समेत बढीरहेको छ । तर कतिपय अवस्थामा प्रविधिको प्रयोग गर्न नजान्दा जीवन नै गुमाउनुपरेका घटनाहरु सार्वजनिक हुने गर्छन् । भर्खरै मात्र मोबाइलको नयाँ प्रविधि सेल्फी प्रयोग गर्दा एक युवतीको ज्यान गएको छ । लण्डनको रोमानिया सहरमा फेसबुकमा राख्न सेल्फी खिच्दा १९ वर्षीया अन्ना उर्सूको ज्यान गएको समाचार एजेन्सीहरुले जनाएका छन् । ति युवती सेल्फी खिच्न रेलको माथि छतमा चढेकी थिईन् ...

फोटा ग्यालरी


हाम्रो कुरा

रौतहट न्यूज टिम

प्रबन्ध निर्देशन: प्रमोद चौधरी
सम्पादक: खेम बोलखे, अशोक पहाडी
सम्पर्क नम्बर: ९८४५०२२६२४, ९८४५०३६३४५, ९८५५०४१०२२
इमेल ठेगाना: khem2news@gmail.com, terai2express@gmail.com,rautahat2@gmail.com

प्रबिधिलाई पछ्याउने हाम्रो पहल

सञ्चार प्रबिधि यति छिटो भइसकेको छ कि कुनै घटना भएको क्षणभर मै विश्वभरी नै फैलन्छ, त्यो घटनालाई हामी टिभीमा हेर्न सक्छौं, रेडियोमा सुन्न सक्छौं । विश्वका अरु देशहरुले धैरै प्रगति गरिसकेका छन्, हामी नेपालीहरु पनि पछ्याउँदैछौं । कुनै समय थियो, सात दिन अघिको समाचार सात दिनपछि गोरखापत्रमा पढ्न पाउँदा वा रेडियो नेपालबाट सुन्दापनि हामीलाई ताजा सूचना पाएको आभाष हुन्थ्यो, तर अवस्था अब त्यस्तो रहेन ।

 फोटा फिचर                


  • देश निर्माणमा नेपाली एक हौ

    बिना अर्याल, आज देशमा महाविपत्ती आई परेको छ । हामीले नचाहेर भए पनि महा विनाशकारी विपत्तिको समना गर्नु परेको छ । आज देशमा सकटको परिस्थीति श्रृजना भएको छ । यस परिस्थितिमा भएको मानवीय तथा भौति क्षतिको पिडाले सारा नेपालीको छाति भित्र भतभत्ती पोलि रहेको छ । आज यस विषम परिस्थिति लाई आजको शोकमग्न परिवेशलाई शक्तिमा बदल्ने बेला आएको छ । चहरर्याई रहेका घाउहरुमा मलमपट्टी गर्ने वेला आएको छ । ओतिने छानो,भोको पेट भर्ने अनाज र एकधरो कपडाको लागि दुनिया सामु अनुनय विन्ती पुकारा गरि रहनु परेको छ । सबै थोक भएर पनि लाचार ,विवश अनि निरही बनी टुुलुटुलु हेरि बस्नु पर्ने स्थिति श्रृजना भएको छ । यस परिस्थितिलाई तपाईं हामी सबैले मिलेर हातमा ...

  • भूकम्पलाई चिठ्ठीः मर्ने कसैलाई रहर हुँदैन.....

    नारायण पौडेल निर्दयी भूकम्प ? आक्रोस भरिएको सम्झाना, म तिमीलाई आक्रोश भरिएकै शब्दमा भएपनि सम्झना व्यक्त गर्दै छु । तिम्रो निर्दयीताले पराकाष्टा नाघ्दै गएको अनभुति भैरहेको छ । तिमीलाई त थाहा हुनु पर्ने होमर्नु भन्दा बौलाउनु निको अर्थात मर्ने कसैलाई रहर हुँदैन् । तै पनि तिमी नेपाली जनता प्रति किन यति अनुदार बन्दै गयौं ? तिम्रो आगमनले नेपाली जनता त्रसित भैरहेका छन् । पलपल तिम्रो यादले तड्पिरहेका छन् । मान्छेहरु मिलनका लागि प्रार्थना गर्छन् तर हामी नेपालीहरु तिमीसँग बिछोड होस भन्ने कामना गरिरहेका छौं । तिमीप्रति हाम्रो हृदयमा यति धेरै घृणा भरिएको छ कि सायद यो कहिल्यै सकिन्न होला । तिमीलाई लाग्न सक्छ यी ...

  • सहमतिको ढोका खोल्नु पर्दछ

    रानी शर्मा तिवारी संविधानसभामा रहेका दलहरूबिच सहमति हुन नसक्दा नेपालको संविधान निर्माणको काम अनिश्चित हुनुका साथै सत्तापक्ष र प्रतिपक्षको बिचमा मुठभेडको समेत अवस्था उत्पन्न भएको छ । एका तर्फ सत्तामा रहेका पार्टीहरू, खासगरी काँग्रेस र एमाले आपुसँग दुई तिहाई बहुमत भएकै बलमा प्रकृयामा लगेर बहुमतिय प्रकृयाद्वारा आफुले चाहे जस्तो संविधान ल्याईछोड्ने उदघोष गरिरहेका छन । अर्को तर्फ मधेशवादी र माओवादी लगायतका परिवर्तनकारी शक्तिहरू संविधानमा परिवर्तनका मुद्दा स्थापित गराउन कुनै कसर बाँकी नराख्ने र जनतामा जाने उद्घोषका साथ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । विवादित विषयहरू, साशकिय स्वरूप, न्याय प्रणालि, राज्य शक्तिको बाँडफाँड र राज्य पुनर्संरचना मध्ये सबै भन्दा विवादित रहेको र पेँचिलो ...



  • मुनलाईट एकेडेमीको सुचना ....

    भुकम्पका कारण बिगत केही देखी बन्द रहेको यस एकेडेमीको पठनपाठन मिति २०७२ जेष्ठ ६ गते बुधबार देखि सुचारु भएको जानकारी समस्त अभिभावक, विद्यार्थी, शिक्षकशिक्षीका तथा विद्यालय कर्मचारीहरुमा जानकरी गराउँदछौ । 

    साथै यस बिद्यालय सम्बन्धी कुनै जानकारी चाहिएमा हाम्रो सम्पर्क नम्बर ः ०५५ ५४०२९० , ०५५ः ५४०५७७ मा सम्पर्क राख्नुहोला । 

    प्रिन्सिपल 

    श्याम किशोर चौधरी 

    मुनलाईट एकेडेमी आवसिय उच्च माध्यमिक बिद्यालय 

    चन्द्रनिगाहपुर , ३ रौतहट